१९ फाल्गुन २०८२, मंगलवार | Wed Mar 4 2026

ललितपुरमा बाटो मर्मत गर्दा पोल ढलेर एक जनाको मृत्यु

 २१ जेठ, ललितपुर । ललितपुरको ठैवमा विद्युत्को पोल सार्ने क्रममा पोलले लागेर एक जनाको मृत्यु भएको छ । आज गोदावरी नगरपालिका–१४ स्थित सरस्वतीटार टोलमा बाटो निर्माणको सिलसिलामा जेसिबीले पोल अड्याउन नसक्दा उक्त पोलले थिचिएर स्थानीय ५५ वर्षीय रमेश शाहीको मृत्यु भएको प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीले जानकारी दिनुभयो ।

उक्त घटनापछि आक्रोशित स्थानीयले जेसिबीको दायाँपट्टीको सिसा फुटाइदिएका छन् । “घटनास्थलमा ८०–९० जना स्थानीय जम्मा भएका थिए, प्रहरी टोलीले घटनालाई शान्त बनाउने प्रयास गरेको छ । मृतकको शवलाई परीक्षणका लागि पाटन हस्पिटल पठाएका छौँ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार १६:१०