२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

विकास हाइड्रोपावरको आईपीओमा हालसम्म कति पर्यो आवेदन ?

१८ जेठ, काठमाडौं  । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदकको ओइरो लागेको छ । कम्पनीले जेठ ६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको थियो । हालसम्म कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ ।

सीडीएसका अनुसार जेठ १८ गते  बिहान १०ः०६ बजेसम्म कम्पनीको आइपीओमा १४ करोड २२ लाख ८३ हजार रुपैयाँ बराबरको ६१ हजार ३९ जनाले १४ लाख २२ हजार ८३० कत्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ४.०१३ गुणा बढी आवेदन हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरमध्ये १० प्रतिशत अर्थात ३ करोड ५४ लाख ५५ हजार रुपैयाँ बराबरको ३ लाख ५४ हजार ५५० कित्ता सेयर निष्काशन गरेको थियो ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले यो आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन्। आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 12:05