२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

शिव श्री हाइड्रोले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

१८ जेठ, काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले असार ८ गते बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट काठमाडौंमा साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव, नयाँ सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्ने  छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ जेठ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : 11:48