आइतबार सेयर बजार बन्द हुने
१६ जेठ, काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ। मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले आइतबार काठमाडौं, ललितपुर र भक्तपुरमा बिदा दिइएको गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।
उक्त दिन सार्वजनिक बिदा हुने भएकाले सेयर बजार पनि बन्द हुने नेप्सले जानकारी गराएको छ । अब बजार जेठ १९ गते सोमबार बिहान ११ बजे मात्र खुल्नेछ ।
प्रकाशित मिति : 13:35









