२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन

१५ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई बीमा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा एशियन लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफको सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेमा एसियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको ४२ प्रतिशत हकप्रद पछि ५२०.०३ रुपैयाँमा मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६९६.४४ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यस्तै, नेप्सेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५१२.५८ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार ५५३.५९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा आइतबार सेयर बजारमा यी कम्पनीकाे कारोबार खुल्नेछ ।

प्रकाशित मिति : 09:13