यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
१४ जेठ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन बजार १७.४४ अंकले बढेर २६९३.०६ को विन्दुमा बन्द भएको छ ।
आज ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको १ अर्ब ५ करोड ७३ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, राधी विद्युत कम्पनीको ६० करोड ७ लाख ७४ हजार रुपैयाँ, यूनिभर्सल पावर कम्पनीको ५१ करोड ६ लाख ७५ हजार रुपैयाँ, बुटवल पावर कम्पनीको ३५ करोड ६ लाख ४० हजार रुपैयाँ, कुमारी बैंकको २१ करोड ६० लाख ७४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:24









