४ माघ २०८२, आईतवार | Sun Jan 18 2026

ढुङ्गा खस्दा बाटोमा हिँडिरहेका एक जनाको मृत्यु, एक घाइते

१४ जेठ, दार्चुला ।  नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ पैदलयात्रा गरिरहनुभएका ७० वर्षीय कालु जोशीको ढुङ्गाले लागेर मृत्यु भएको छ । उहाँको आज बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतका अनुसार जोशीको घटनास्थलमै मृत्यु भएको हो बाटोमा हिँडिरहेका उहाँमाथि रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गा लागेको हो । ढुङ्गाले लागेर नौगाड गाउँपालिका–६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते हुनुभएको छ । उहाँलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार १४:२५