सगरमाथा जलविद्युत कम्पनीले हकप्रद निष्कासन गर्न पायो अनुमति
१४ जेठ, काठमाडौं। सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले जेठ १३ गते हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएको छ ।
कम्पनीले चुक्तापूँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने अनुमति माग पाएको हो ।
प्रकाशित मिति : 11:45









