सान्भि इनर्जीको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?
१३ जेठ, काठमाडौं । सान्भि इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा धेरै बढी आवेदन परेको छ । कम्पनीले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपीओमा अन्तिम दिन अर्थात् जेठ १३ गते बिहान १०ः०७ बजेसम्ममा १९ लाख २ हजार १८१ जनाले कुल २ करोड ३४ लाख ४८ हजार ३९० कित्ताका लागि आवेदन दिएका छन्। यो माग संख्या करिब ९.७ गुणा बढी हो।
कम्पनीले सर्वसाधारणका लागि कुल २४ लाख १८ हजार ३ सय कित्ता आईपीओ जारी गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन ।
प्रकाशित मिति : 11:30









