२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

छुट्ला है ! सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१३ जेठ, काठमाडौं । सान्भि इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ ९ गतेदेखि आम सर्वसाधारणका लागि कुल २४ लाख १८ हजार ३ सय कित्ता आईपीओ जारी गरेको थियो ।

कम्पनीले जारी पूँजी रु. ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशत अर्थात ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न गत चैत ११ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जस मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि र सर्वसाधारणहरुको लागि सार्वजानिक निष्काशन गर्न छुट्टयाइएको जारी पूँजीको ३३.०७ प्रतिशत अर्थात २९ लाख १० हजार कित्तामध्ये नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १० प्रतिशत अर्थात २ लाख ९१ हजार कित्ता गत वैशाख ५ गतेदेखि १९ गतेसम्म निष्कासन गरिएको थियो ।

यस्तै कम्पनीले ५ प्रतिशत अर्थात १ लाख ४५ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ५८ हजार २ सय कित्ता कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको सेयर आम सर्वसाधारणलाई जारी गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन ।

प्रकाशित मिति : 09:15