रामीडाँडा केन्द्रविन्दु बनाएर भूकम्प
१२ जेठ, सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाडाँलाई केन्द्रविन्दु बनाएर आज दिउँसो २ः२५ बजे भूकम्प गएको छ । चार दशमलव ३ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिम्सिनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो पराकम्पन हो । जाजरकोट आसपासका जिल्लामा कम्पन महसुस भएको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार १५:४०









