नेप्सेमा पियोर इनर्जीको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?
१२ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पियोर इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको कुल ८० लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा १६ लाख कित्ता सर्वसाधारणका लागि र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ६४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको आइपीओलाई पहिलो कारोबारको लागि नेप्सेले ९६.४५ रुपैयाँदेखि अधिकतम २८९.३५ रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकेको छ । सोही रेञ्जको आधारमा अब भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । कम्पनीको आइपीओ ‘पीयूआरई’ सिम्बोलबाट सूचीकृत भएको हो ।
प्रकाशित मिति : 14:45









