उत्पादन सुरु गरेका जलविद्युत कम्पनीले मात्र आईपीओ बिक्री गर्न पाउने
९ जेठ, काडमाडाैं । व्यवसायिक उत्पादन सुरु गरेका जलविद्युत आयोजनाले मात्रै प्राथमिक सेयर निश्कासन गर्न पाउने भएका छन् । सरकारले आर्थिक सुधार आयोगले दिएको सुझाव कार्यान्वयनका लागि बनाएको कार्ययोजनामा जलविद्युत कम्पनीहरुले उत्पादन सुरु गरेपछि मात्र प्राथमिक सेयर निष्कासन गर्न सक्ने उल्लेख छ ।
योसँगै अब उत्पादन सुरू नै नभएका हाइड्रोपावर कम्पनीहरुले आईपीओ जारी गर्न पाउने छैनन् । यो व्यवस्था २ वर्षभित्र कार्यान्वयनमा आइसक्ने जनाइएको छ ।
प्रकाशित मिति : 13:17









