सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर बिक्रीमा
९ जेठ, काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ६९ हजार २१९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमा सर्वसाधारणका साथै जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीहरुका लागि सेयर खरिदका लागि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो । तर सो समयमा संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको बैंकले जनाएको छ
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजदेखि ७ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार १०:०१












