जैविक विविधता र हाम्रो दायित्व
-मथुरा खनाल
विविध प्रकारका वंशाणु, प्रजाति तथा पारिस्थितिकीय प्रणाली सम्बन्धि सन् १९९२ को रियो दि जेनेरीयो मा सम्पत्र विश्व सम्मेलन पछिका दिनहरूमा जैविक विविधता विश्वको ठूलो अनुसन्धान र छलफलको विषय वनेको छ । विश्वको वैज्ञानिक समुदायले उत्पादकत्व बृद्घि, अनुकुलनता तथा जैविक विकासमा जैविक विविधताको महत्वलाई राम्रो सित बुझेका छन् । जैविक विविधताले मानिसको जीवन र जीविकोपार्जनको आधार बनाउछ, जसले उनीहरुको सँस्कार र परम्परा सित नजीकको सम्बन्ध जोडेको हुन्छ । विश्वको पारिस्थितिकीय प्रणालीले वातावरणीय सेवाहरु दिइरहेको हुन्छ जुन विना हाम्रो जीवनको सम्भावना रहँदैन ।
यो प्रकृतिको एउटा महत्वपूर्ण तत्व भएको कारण हाम्रो भाग्य वा भविष्य यससँग बलियो गरि जोडिएको हुन्छ । त्यो भनेको यस पृथ्वीमा रहेका विविध प्रकारका वोटविरुवाहरु, जनावरहरु तथा सुक्ष्म प्राणीहरु जुन हाम्रो पृथ्वीमा भएका हिमाल, नदी, तालतलैया, समुन्द्र, सिमसारक्षेत्रहरु,कृषियोग्य जमीन तथा वनजंगल र अन्य पारिस्थितिकीय प्रणालीहरुमा रहेका हुन्छन् जसले मानव,जनावर र विरुवा बिचको वहुआयामिक सम्बन्धहरुलाई बलियो गरि बाँधेको हुन्छ । वनजंगल जैविक विविधताको आधार हो । जैविक विविधताका श्रोतहरु नै हाम्रो मानव सभ्यताका खम्बाहरु हुन् । त्यसैले हाम्रो अस्तित्व यिनै जैविकविविधता माथि निर्भर गर्दछ, जसले मानव जातिको लागि अति आवश्यकीय वस्तुहरु जस्तै पानी, खाद्य, इन्धन र औषधिजन्य वस्तुहरु दिइराखेको हुन्छ । विकासशिल देशका ग्रामिण क्षेत्रमा बसोवास गर्ने ८० प्रतिशत मानिसहरु आफ्नो प्राथमिक स्वास्थ्य उपचार परम्परागत विरुवा जन्य औषधिमा भर पर्दछन् । मानिसको ८० प्रतिशत भन्दा बढी खाद्य तत्वहरु विरुवाहरूबाट नै प्राप्त हुन्छ ।
हामी बसोवास गर्ने स्थानको जमिन, जमिनमा भएका जैविक तथा अजैविक प्राकृतिक अवयवहरु,जल तथा जलाशयमा बसोवास गर्ने जीवजन्तुहरु तथा वनस्पतिहरु, हाम्रो आकाश र आकाशमा भएका सवैखाले अजैविक तथा जैविक जीवात्माहरु र तिनिहरूको पारस्परिक सम्वन्ध नै हाम्रो वातावरण हो । यहि पारस्परिक सम्वन्धको चक्रबाट सवै प्राणी,वनस्पति र सूक्ष्मजीवहरुको अस्तित्व सम्भव भएको छ । प्रकृतिले विभित्र प्रजातिहरु विचको अन्तरक्रिया तथा अन्तरसम्बन्धको जटिल जालो श्रृजना गरेको हुन्छ, जसलाई पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) भनिन्छ । सत्य कुरा के हो भने सन्तुलित पारिस्थिकीय प्रणालीले मात्र मानव जीवन र यसको जीविकोपार्जनलाई बढावा दिन सक्दछ, जलवायु संकटको असरबाट अनुकुलित हुने क्षमता बृद्धि गर्न मदत गर्दछ र जैविक विविधता विनाश हुनबाट जोगाउँदछ । जैविक विविधता हाम्रो जीवन हो, वनजंगल पृथ्वीको फोक्सो हो, सिमसारहरु मृगौला हुन् यिनीहरुको संरक्षण गर्न सकिएन भने मानव लगायत जीवित प्राणीको अस्तित्व रहन सक्दैन । त्यसैले प्रकृतिको सम्मान गर्नु अति आवश्यक छ । हाम्रो वरिपरिको वातावरणीय सन्तुलन नै मानव सभ्यताको सूचक हो । प्रकृति मानवजातीको जीवनरेखा हो, मानव स्वास्थ्य, आर्थिक उत्रती र खाद्य सम्प्रभुता प्रकृति माथि नै अडेको छ तर यहि प्रकृति आज जटिल समस्यामा परेको देखिन्छ । यस विश्वमा भएका ८० लाख विरुवा तथा जनावरका प्रजातिहरु आज लोपहुने खतरनाक अवस्थामा पुगेका छन् । साथसाथै पारिस्थितिकीय प्रणालीको ह्रासले गर्दा विश्वका ४० प्रतिशत मानिस आफ्नो समुन्नितिबाट बन्चित भएका छन् ।

पछिल्लो समय वनजङ्गल तथा सिमसार क्षेत्रहरू विभिन्न मानव क्रियाकलापबाट मासिने क्रम तीव्र छ । वातावरणीय क्षयीकरणको अर्को कारकतत्वका रूपमा खाद्य तथा ध्वनि प्रदूषण रहेको छ । धातुजन्य फोहोर, हानिकारक रसायनहरू तथा विषादी आदिका कारणले माटो प्रदूषित हुँदै जाँदा त्यसले खाद्यप्रदूषण बढाएको छ । विभिन्न जैविक तथा औद्योगिक–रासायनिक, धातुजन्य तथा कृषिजन्य प्रदूषणका कारण समुन्द्रमा बस्ने जलचर तथा उभयचरहरु पनि संकटमा परेका छन् । अव्यवस्थित बसोबास, शहरीक्षेत्रमा जनसङ्ख्या र जनघनत्वमा भइरहेको वृद्धि, बढ्दो सवारी चाप तथा मानवीय क्रियाकलापका कारण सबै किसिमका प्रदूषणहरु बढिरहेका छन् । खाद्य तथा ध्वनि प्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउनुका साथै विभिन्न खालका रोगव्याधि निम्त्याइरहेको छ ।
आज विश्वमा वातावरणीय विनाश तथा क्षयीकरण जनस्वास्थ्यका लागि सर्वाधिक चिन्ताको विषय बनेको छ । युनिसेफको एक तथ्याङ्कअनुसार, विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित तथा व्यवस्थित पिउने पानीबाट समेत वञ्चित छन् । जलवायु संकटका कारण सुख्खा खडेरीको अवस्थाले विकराल रुप लिंदैछ । प्राकृतिक सम्पदाहरुको अत्यधिक दोहन गरेर भौतिक विकासको चरम महत्वाकाङ्क्षा लिँदा मानव भविष्य नै सङ्कटमा पर्न थालेका छ । कतिपयले पृथ्वीलाई ज्वरो आएको छ अर्थात् पृथ्वी तात्दै छ भन्ने निष्कर्ष समेत निकालेका छन् । जलवायु सङ्कटले वातावरणीय असन्तुलन व्यापक बन्दै गएको छ ।
उर्वर भूमी तथा वनजंगल विनास हुनु, अत्यधिक दोहनका साथ कृषि प्रणाली अपनाइनु र सुख्खा खडेरीले आक्रान्त पार्दा उक्त भूमी बाँझोमा परिणत हुने कारणहरु नै जमीन मरुभूमीकरण हने अवस्था हो जुन विश्वमा बढ्दो वातावरणीय समस्याको रुपमा देखापरेको छ । दिगो विकाशको लागि मरुभूमीकरण, सुख्खा खडेरीबाट श्रृजित समस्याहरु विकाशोन्मुख तथा विकशित राष्ट्रहरुको लागि ठूलो चुनौतिको रुममा खडा भएको छ । प्रत्येक वर्ष विश्वका ५ करोड ५ लाख मानिस मरुभूमीकरण तथा सुख्खा खडेरीबाट प्रत्यक्ष प्रभावमा परेका छन् भने सन् २००० देखि सुख्खा खडेरीका संख्या र अवधि २९% ले बृद्धि भएको जनाइएको छ । सन् १९०० र २०१९ का विचमा विश्वका २ अरब ७० करोड मानिस यसबाट प्रत्यक्ष प्रभावमा परेका छन् भने १ करोड १७ लाख मानिसको मृत्यु भएको छ । तथ्यहरुले के देखाउँदछन भने २०४० सम्ममा हामी मध्ये धेरै भन्दा धेरै मानिस तथा प्राणीहरु पिउने पानीको अभावबाट ग्रसित भएका हुनेछौ भने प्रत्येक चार वालवालिका मध्ये एक जना यसबाट प्रताडित हुनेछन् भनी अनुमान गरिएको छ ।
सन् २०५० सम्ममा विश्वका तीन चौथाई जनसंख्यालाई यसले असर पु¥याउने छ भनी पूर्वानुमान गरिएको छ । मरुभूमीकरणको अवस्था सुख्खाग्रस्थ क्षेत्रफलमा विस्तार हुने मात्र नभएर त्यस्ता क्षेत्रहरु जसले विश्वका एक तिहाइ हिस्सा ओगटेको छ र अति सम्वेदनशील अवस्थामा पुगेको छ, त्यहाँको जनसख्यामा बृद्धि, गरिवी, राजनैतिक अस्थिरता, जमीनको अनुचित प्रयोग,वन विनास,अति चरिचरण अनुचित सिंचाइका कारण जमीनको उत्पादकत्व घटदो अवस्थामा पुगेको छ जसले कार्वन उत्सर्जनमा बढावा गर्दछ भने जैविक विविधतामा ह्रास ल्याउँदछ । यसकारण यो हामी सवैको चासोको विषय बत्र पुग्नु स्वभाविक हो । सन २०२० को अन्त्यतिर सोमालियामा भएको भयंकर खडेरीलाई नियालेर हेर्ने हो भने त्यसले अतिकम विकसित र विकासोन्मुख नेपाल जस्ता देशहरुलाई पनि सोझो वा घुमाउरो तरिकाले प्रभाव पारिराखेको हुन्छ भत्र सकिन्छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले अति सुख्खा प्रभावित देशहरुमा बढि ध्यान पु¥याउन पर्दा नेपाल जस्तो देशले पनि यथोचित लाभ लिन नसक्ने स्थिती उत्पत्र हुन गएको यथार्थ हाम्रो सामु छ । अरु देशहरुले भोगेका गम्भीर घटनाहरु बाट हाम्रो देशले पनि समयमा नै पाठ सिक्न जरुरी छ । यी सबैबाट हुन सक्ने र निम्तिन सक्ने खतरालाई समयमै सम्बोधन गर्न जनतामा व्यापक जनचेतना,स्थानिय, प्रादेशिक र सङ्खिय सरकारहरुको पूर्व तयारीको आवश्यकता हुन्छ । यी सबै कार्यहरु गर्न राजनीतिक इच्छाशक्ति भने राज्य सन्चालन गर्ने र गर्न चाहने सबै दलहरुमा हुनै पर्दछ ।
प्रत्येक वर्ष मे २२ लाई विश्व जैविक विविधता दिवसको रुपमा संसारभरि मनाउने गरिन्छ । विश्व जगतले यस दिनलाई जैविक विविधता संरक्षणमा जुट्न एकता हुने दिनको रुपमा मनाउने गरेका छन् । यस वर्षको यस दिवसको नारा “प्रकृतिसंगको सामिप्यता र दिगो विकास” भत्रे रहेको छ । यस नाराले जैविक विविधता, मानव कल्याण र दीगो विकासका उदेश्यहरु प्राप्तीका लागि महत्वपूर्ण सम्बन्धलाई उजागर गर्दछ ।
नेपाललाई विश्व कै जीवन्त जैविक विविधताको संग्राहलय भनिन्छ तर जलवायु संकटका कारण नेपालले धेरै जैविक विविधता माथि क्षति व्यहोर्न परेको छ । नेपालले पनि यो दिवसलाई विभित्र संघ,सँस्था, संगठनहरुको सहकार्यमा विविध कार्यक्रमको आयोजना गरि मनाउँदै आएको छ । प्राकृतिक श्रोतको दिगो सदुपयोग गर्दै वातावरण संरक्षण गर्नु पर्दछ । हाम्रो जिम्मेवारी जनचेतना फैलाउने उदेश्यका साथ चेतनामूलक जुलुस प्रदर्शन तथा विभित्र कलेज तथा स्कूलहरुमा साहित्यिक कार्यक्रम संचालन, सरसफाइ तथा वृक्षारोपण गर्ने गरेको देखिन्छ जसले प्रकृति संरक्षणमा सकरात्मक चेतना फैलाउने काम गरेको छ ।
नेपालले नाराहरू तयगर्दा हिमालको रक्षा गरौं जैविक विविधता संरक्षण गरौं भत्रेमा जोड दिएको हुन्छ किनकी नेपाललाई चिनाउने विश्वको शिर सगरमाथा देखि अन्य हिमश्रृङ्गखलाहरुले पृथ्वीको वातावरण बिग्रंदा यसमाथि कस्तो असर परेको छ भत्रे संकेत दिइसकेका छन् । नेपालमा लामो खडेरी पर्ने गर्दछ जस्ले गर्दा वन डढेलोका कारण जैविक विविधतामा धेरै क्षति हुने गर्दछ । जनचेतनाको अभावमा वन अतिक्रमण र खोरिया फडानी गर्ने क्रम रोकिएको छैन । हाम्रा जमिन बाँझोमा परिणत हुँदैछन, हामी हरेक वस्तुमा परनिर्भरता तिर गइरहेका छौ । यसले हामीलाइृ कुन दिशातिर लैजाँदैछ मनन गर्नु पर्ने सत्य यहि हो । यस चुनौतिको सामना गर्न सवै सरोकारवालाहरुको ध्यान समयमै जान जरुरी देखिन्छ ।
जैविक विविधता विश्वव्यापि सम्पति हो यो भविश्यका पुस्ताहरुको लागि अति नै मुल्यवान छ। हाम्रो उत्रति, प्रगति र हाम्रा सन्ततिहरुको उज्ज्वल भविश्यको लागि सीमित प्रकृतिक श्रोत साधनको अत्यधिक दोहन हुनबाट बचाउ गर्नु र जैविक विविधता संरक्षण गर्नु हामी मानव जातिको दायित्व हो, किनभने पृथ्वीको वातावरण बिगार्नमा यसमा वसोबास गर्ने सवैभन्दा बुद्धिमान भनिएको प्राणी मानिस नै जिम्मेवार छ । प्रत्येक राष्ट्रका सरकार,राजनीतिक दलहरु, नागरिक समाज तथा संघ संस्थाहरूले जलवायु संकट र वातावरण संरक्षणको विषयलाई आफ्नो प्रतिबद्धता पत्रमा जल्दोवल्दो मुद्धाको रुपमा लिन जरुरी देखिन्छ । परम्परागत प्रविधिलाई नवप्रवर्तनका साथ विकास गर्दै स्थानीय श्रोत साधनलाई दीगो सदुपयोग गरि स्वरोजगारका नयाँ अयामहरु खुल्न सक्दछन र आफ्नो क्षेत्रको वातावरण संरक्षणमा उल्लेख्य योगदान पुग्न सक्नेछ । विश्वको लागि सोचौं, जहाँ छाैँ त्यहिँबाट वातावरण संरक्षणका काम शुरु गरौँ, यसैमा हाम्रो जीवन सफल हुनेछ र यस पृथ्वीमा रहेका सवै प्राणीको पनि भलो हुनेछ, अनि मात्र विश्व जैविक विविधता दिवस मनाएको सार्थकता हुनेछ । आजको दिनले हामी सबैलाई सर्तक भएर अघि बढ्न अभिप्रेरित गरोस् ।
(लेखक खनाल जैविकविविधता संरक्षण संवर्द्धनको क्षेत्रमा अध्ययन अनुसन्धानमा क्रियाशील हुनुहुन्छ ।)
प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहीबार १४:०३












