अर्बिट इनर्जीले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन
६ जेठ, काठमाडौं। अर्बिट इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले ५० करोड रुपैयाँको रु. १०० अंकित दरका ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै वैशाख २२ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
बोर्डले अनुमति दिएसँगै कमपनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा आईपीओ निष्कासन गर्नेछ । कमपनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : 14:57









