पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस
६ जेठ, काठमाडौं । भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा गण्डकी प्रदेशको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको हो ।
कास्कीको सिनुवा आसपास केन्द्र बनाउँदै ४.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलवार १४:२३









