१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

मुख्य न्यायाधिवक्ताको पद तथा गोपनियताको शपथ


८ चैत, हेटौँडा । हेटौँडामा आज पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले प्रदेश नं ३ का सरकारको नवनियुक्त मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेलाई एक कार्यक्रममा पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।

सो शपथ ग्रहण समारोहमा प्रदेश नं ३ की प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानुकुमार श्रेष्ठ सहभागी थिए ।

मुख्यमन्त्री पौडेलले ६८ वर्षीय कानून व्यवसायी सूर्यचन्द्र न्यौपानेलाई गत फागुन २३ गते प्रदेश सभाको मुख्य न्यायधिवक्तामा नियुक्ति गरेकोे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार १४:१४