२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

४ जेठ, गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले यही जेठ ११ गते दिउँसो २.०० बजेदेखि सुरु हुनेगरी प्रदेशसभा बैठक आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते आइतबार दिउँसो २.०० बजेदेखि प्रदेशसभा भवनमा बैठक आरम्भ हुनेगरी आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आईतवार १६:५५