झिनो अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो
४ जेठ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ को विन्दुमा बन्द भएको छ ।
यस दिन नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। यस दिन ३०९ स्टकको ७९ हजार ८९३ पटकको कारोबारमा ८ अर्ब ५० करोड ९२ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ६९ लाख ७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाएको छ । आज ओम मेगाश्री फर्मास्युटिकल्स र छ्याङ्दी हाइड्रोपावरको सेयर सेयर मूल्यमा सकारात्मक सर्किट लाएको हो ।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ९.७८ प्रतिशत घटेको छ। यो दिन नेपाल रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएकाे छ ।
प्रकाशित मिति : 15:29









