२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

४ जेठ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ को विन्दुमा बन्द भएको छ ।

सेयर बजारमा गिरावट आउँदा पनि यस दिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाएको छ । आज ओम मेगाश्री फर्मास्युटिकल्स र छ्याङ्दी हाइड्रोपावरको सेयर सेयर मूल्यमा सकारात्मक सर्किट लाएको हो । यस दिन ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने छ्याङ्दी हाइड्रोपावरको सेयर सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : 15:22