२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

समृद्धि फाइनान्सको ११ लाख ३५ हजार कित्ता सेयर बिक्रीमा

३० वैशाख, काठमाडौं। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले केही सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ११ लाख ३५ हजार १६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरमा संस्थापक सेयरधीनहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र खरिदका लागि आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको समयभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधीनहरुबाट कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीका लागि सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलवार १०:२९