निरन्तर बढ्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
२५ वैशाख, काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार भने छापावाल सुन तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार १०:४६












