आजपनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
२४ वैशाख, काठमाडौं। घरेलु बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो कारोबारको दिन ५३ सयले बढेको सुनको मूल्य बुधबार पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १७ सयले बढेर छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनको मूल्य ५ सय रुपैयाँले बढेको थियो । आज चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन । चाँदी आज प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार १०:५९












