४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

सोमबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२२ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सुनको मूल्य  बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार १०:५१