४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

२१ वैशाख, काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको हो ।

यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।  यसैबिच आइतबार चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भईरहेको छ ।  शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आईतवार ११:०७