५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

केपी ओलीलाई गाली गर्नेको सन्तान दरसन्तानको समेत भविष्य अन्धकार हुन्छः राधिका शाक्य

२१ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पत्नी राधिका शाक्यले केपी ओलीलाई गाली गर्नेको सन्तान दरसन्तानको समेत भविष्य अन्धकार हुने बताउनुभएको छ । शनिबार काभ्रेको धुलिखेल लज रिसोर्टमा राधिका शाक्यको आत्मकथा पुस्तक विमर्श कार्यक्रममा सम्बोधन गर्दै उहाँले ओलीई गाली गर्ने र गिज्याउनेहरूको मात्र नभइ उनीहरूको सन्तान र दरसन्तानको समेत भविष्य अन्धकार हुने बताउनुभयो ।

उहाँले भन्नुभएको छ, ‘जो जो मान्छेहरूले आज केपी ओलीलाई गिज्याउन पाएँ, गाली गर्न पाएँ भनेर खुशी भैराख्नुभएको छ नि आखिरमा उहाँहरूकै भविष्य अन्धकार हुन्छ । र उहाँहरूले आफ्नै खुट्टामा बञ्चरो आफैँले हान्दै हुनुहुन्छ र आफ्ना सन्तान दरसन्तानको भविष्य अन्धकार बनाउँदै हुनुहुन्छ भन्ने मेरो निष्कर्ष छ ।’

तस्बिरः दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

समाचारको सन्दर्भ ३१ मिनेटमा सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आईतवार ०९:०१