आज कति छ सुनको मूल्य ?
१९ वैशाख, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ९३० रुपैयाँमा किनबेच भएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ९१५ रुपैयाँ खरिदबिक्री भएको थियो ।
प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार ११:३४












