लाभांश प्रस्ताव पारित गर्न नेको इन्स्योरेन्सले बोलायो साधारण सभा
१९ वैशाख, काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो। इन्स्योरेन्सले जेठ ९ गते लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले वैशाख ३० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसको अर्थ वैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै इन्स्योरेन्सको साधारण सभामा सहभागिता हुन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार १०:११












