४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

सुनको मूल्यमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार ?

१८ वैशाख, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँमा किनबेच भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९६५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार १०:५१