२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने प्रक्षेपण

१७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ । बुधबार एक कार्यक्रम आयोजना गर्दै कार्यालयले राष्ट्रिय लेखा तथ्यांकको अनुमान सार्वजनिक गरेको हो ।

गत आव नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत थियो । गत आवको परिमार्जित आर्थिक वृद्धिदर ०.२ प्रतिशत बिन्दु कम अर्थात् ३.६७ प्रतिशत रहेको तथ्यांक कार्यालयले जनाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार १७:१९