२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

भोलि सार्वजनिक बिदा, सेयर कारोबार नहुने

१७ वैशाख, काठमाडौं । सरकारले भोलि वैशाख १८ गते बिहीबार देशभरी सार्वजनिक बिदा दिएको छ। मजदूर दिवसको अवसरमा सरकारले भोलि देशभरी सार्वजनिक बिदा दिइएको हो।

श्रमिकहरूको सम्मानमा प्रत्येक वर्ष वैशाख १८ गते (मे १ तारिख) मनाइने विश्व मजदुर दिवसको अवसरमा सार्वजनिक बिदा दिइने सरकारको निर्णय छ । यस दिन देशभरका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सेयर बजार लगायतका निकायहरू बन्द रहने छन् । त्यसैले भोलि सेयर कारोबार नहुने भएको हो ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार १४:३२