ब्रिटिस काउन्सिलद्वारा नेपालमा अन्तर्देशीय शिक्षासम्बन्धी अनुसन्धान सार्वजनिक
१७ वैशाख, काठमाडौं । ब्रिटिस काउन्सिलले नेपालमा अन्तरदेशीय शिक्षा (ट्रान्सनेशनल एजुकेसन-टीएनइ) को वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे प्रतिवेदन सार्वजनिक गरेको छ ।
ब्रिटिस काउन्सिलले काठमाडौँमा गरेको एक कार्यक्रमको आयोजना उक्त प्रतिबेदन सार्वजनिक गरेको गरेको हो । प्रतिवेदनमा विद्यार्थी र शैक्षिक संस्थालाई प्राप्त अवसर र उनीहरूले भोगेका चुनौतीहरूका बारेमा उल्लेख गरिएको छ ।
यो प्रतिवेदन कार्यक्रममा नीति निर्माता, शैक्षिक संस्थानका उच्च प्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला, शिक्षक तथा अन्तर्राष्ट्रिय शिक्षा विज्ञहरूबिच अन्तरदेशीय शिक्षा (टीएनइ-ट्रान्सनेशनल एजुकेशन) विभिन्न पक्षका बारेमा छलफल भएको थियो ।
काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले नेपालको उच्च शिक्षाको निर्माणका लागि अन्तर्देशीय शिक्षा (टीएनइ) ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘यो प्रतिवेदनले नेपालमा अन्तर्देशीय शिक्षा (टीएनइ) विस्तार गर्दा प्राप्त हुने अवसर र आउने चुनौतीहरू दुबैमा प्रकाश पार्नुका साथै नेपाल र बेलायतका बिचमा उच्च शिक्षा क्षेत्रहरूमा सहकार्य सुदृढ गर्ने सम्भावनालाई देखाएको छ । उच्च शिक्षामा पहुँच अभावको समाधान गर्न, आर्थिक वृद्धिमा योगदान दिन र नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा अवसरहरू प्रदान गर्न अन्तर्देशीय शिक्षा (टीएनइ)ले मद्दत गर्न सक्छ ।
‘हामी प्रतिवेदनका सिफारिसहरूलाई कार्यान्वयन गर्न एवम् नेपालको उच्च शिक्षा क्षेत्रको निरन्तर विकासमा सहयोग गर्न हाम्रा साझेदारहरूसँग मिलेर काम गर्न तत्पर छौँ ।’ त्यस्तै, नेपालका लागि बेलायती राजदूत महामहिम रोब फिनले नेपालमा अन्तर्देशीय शिक्षाको भविष्यका लागि एक महत्त्वपूर्ण क्षण भएको उल्लेख गर्नुभयाे ।
उहाँले भन्नुभयाे,‘सार्वजनिक गरिएको अनुसन्धानले आगामी दिनमा प्राप्त हुने अवसर र आउने चुनौतीहरूका बारेमा स्पष्ट गरेको छ । बेलायत र नेपालको शैक्षिक सहकार्यले नेपाली युवाहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्न सक्छस नेपालमै विश्व स्तरीय शिक्षामा पहुँच विस्तार गर्न सक्छस अनि नेपालमै ज्ञानमा आधारित अर्थतन्त्रको निर्माण गर्न सक्छ । बेलायत र नेपालले शिक्षाको क्षेत्रमा सहकार्य गरेर नेपालमा नव–प्रवर्तन, उत्कृष्टता र साझा सफलतालाई प्रवद्र्धन गर्न सक्छन् ।’
कार्यक्रममा ‘नेपालमा अन्तरदेशीय शिक्षाः अवसर र चुनौतीहरू“ विषयमा गम्भीर चर्चा पनि गरिएको थियो । उक्त छलफलको सहजीकरण ब्रिटिस काउन्सिल नेपालकी देशीय परीक्षा निर्देशक प्रतिष्ठा थापा रायमाझीले सञ्चालन गर्नुभएको थियो । प्रतिवेदनमा शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगलाई नियामक प्रक्रिया सरल बनाउन, प्रशासनिक झन्झट कम गर्न, नीति निर्माणमा सहयोग पुर्याउनका लागि पारदर्शी तथ्याङ्क व्यवस्थापन सुधार गर्न तथा गुणस्तरीयता प्रत्याभूत गर्ने संयन्त्र सुदृढ गरेर शैक्षिक गुणस्तर सुनिश्चित गर्न सुझावहरु पनि उल्लेख गरिएको छ ।
छलफलका प्रमुख वक्ताहरूमा राष्ट्रिय अनुसन्धान तथा तालिम प्रतिष्ठानकी प्रबन्ध निर्देशक श्रेया कार्की, विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान तथा छात्रवृत्ति विभागका डा। नीरज धिताल र किंग्स कलेजका अध्यक्ष नरोत्तम अर्यालको सहभागीता रहेको थियो ।
प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार १३:२५