एनएमबि बैंकको ८६ हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
१७ वैशाख, काठमाडौं । एनएमबि बैंक लिमिटेडले केही सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८६ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमा सर्वसाधारणका साथै, जो सुकै व्यक्ति तथा कम्पनीहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र बबरमहलमा रहेको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार ०९:४९