२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

सर्वोच्चले गगन थापासँग माग्यो लिखित जवाफ

१६ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग अदालतको अवहेलना रिटमा लिखित जबाफ माग गरेको छ।

मंगलबार अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जबाफ माग गरेको हो। केही दिनअघि एक कार्यक्रममा कांग्रेस महामन्त्री थापाले ५२ जना संवैधानिक पदाधिकारीहरुको मुद्दा ‘सर्वोच्च अदालतले डिल गरेको’ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार १७:१८