कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सांसदको माग
१६ वैशाख, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गर्नुभएको छ ।
सांसद कठायतले कम्तीमा कुल पुँजीगत बजेटको १५ प्रतिशत कर्णालीका सडक, यातायात, शिक्षा, स्वास्थ्य तथा रोजगारमा विनियोजन गरिनुपर्ने बताउनुभयो । बैठकको विशेष समयमा उहाँले भन्नुभयो, “कर्णालीलाई बजेट र स्रोतविहीन पार्ने काम भएको छ । राज्यका निकायमा कर्णालीका नागरिकको नियुक्ति खोइ ? कर्णालीमैत्री नीति तथा कानुन निर्माण आवश्यक छ ।”
प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार १४:५६