हराएको बाइस दिनपछि मृत अवस्थामा भेटिए मदनबहादुर
८ चैत, कञ्चनपुर । कञ्चनपुरका ४५ वर्षीय मदनबहादुर बुढा घरबाट हराएको बाइस दिनपछि मृत अवस्थामा भेटिएका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पिलरिफाँटाका बुढा गाउँ नजिकैको बर्रेगडामा झुण्डिएको अवस्थामा भेटिएका हुन ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदले बुढाको शव झुण्डिएको र कुहिएको अवस्थामा फेला परेको बताए । शव परीक्षणका लागि महाकाली अञ्चलअस्पताल पठाइएको छ ।
प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार १२:२५