२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025

डिप्रोक्स लघुवित्तको नाफा ७०.८१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

१६ वैशाख, काठमाडाैं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ४३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.८१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २५ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ४९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५२.३५ प्रतिशतले बढी हो ।

संस्थाको खुद सञ्चालन आम्दानी ३७.८० प्रतिशतले बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन मुनाफा पनि ३७ करोड ४१ लाखबाट बढेर ६३ करोड १६ लाख पुगेको छ । चैत मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ३६ करोड १६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेको छ।

१ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ७८ करोड ४३ लाख रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले २२ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट २५ अर्ब १ करोड ९८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७ पैसा बढेर ३० रुपैयाँ ८४ पैसा पुगेको छ। भने लघुवित्तको मूल्य आम्दानी अनुपात २५.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ५१ पैसा रहेको छ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार ११:२०