३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

भ्रष्टचारीहरु माला-माल तिम्रो शहरमा (गजल)

–गणेश आचार्य 

भ्रष्टचारीहरु माला-माल देखे तिम्रो शहरमा ।।
सर्वसाधारण को बेहाल देखे तिम्रो शहरमा ।।

भर्खरका युवतीहरु, नाड्गै घुमिराका देखिए
कपडाको पो अनिकाल देखे तिम्रो शहरमा ।।

कोहि बस्ने महलमा, कोहि बस्ने सडक पेटी
धनी गरीब बिचमा पर्खाल देखे तिम्रो शहरमा ।

बन्द, हड्ताल, आन्दोलन दिन-दिनै हुने रहेछ
नारा, जुलुस संगै मसाल देखे तिम्रो शहरमा ।।

जताततै अस्त-ब्यस्त, धुवा-धुलो पनि उस्तै
गाडी गुड्ने सडकमै ताल देखे तिम्रो शहरमा ।।

शहरका मान्छेहरु, सभ्य हुन्छन् भन्दा सुन्थे
फोहोरहरु फाला-फाल देखे तिम्रो शहरमा ।।

मान्छेले नै मान्छेको, ब्यपार गरिरहेका थिए
धर्म कर्म मानवता बबाल देखे तिम्रो शहरमा ।।

जैमिनी नं पा ५ बाग्लुडं
हालः इटाली

प्रकाशित मिति : March 22, 2018 at 12:34 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/