२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन

१५ वैशाख, काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको वार्षिक ७ प्रतिशत प्रतिफल दिने ‘ एनएमबी पावर बोन्ड वान’ नामक ऋणपत्र निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

धितोपत्र बोर्डले अनुमति दिएमा बैंकले १ हजार अंकित दरका ५ अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने छ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार १४:११