मन्त्रिपरिषद् बैठक बस्दै
१५ वैशाख, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक साँझ साढे ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।
बैठकमा सरकारले वैशाख १९ गते ल्याउन लागेको नीति तथा कार्यक्रम, शिक्षक आन्दोलन, गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार १२:३०