सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?
१५ वैशाख, काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा भारी अंकको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १४०० रुपैयाँ घटेर छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो कारोबारको दिन आइतबार भने छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार १०:४७