सप्तरीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु
१४ वैशाख, काठमाडौँ । सप्तरीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। कञ्चनरुप नगरपालिका वडा नम्बर–१० स्थित बदगामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
आइतबार उदयपुरबाट विराटनगर जाँदै गरेको प्रदेश–१–०१–००१ ख ३४२० नम्बरको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सप्तरीको कोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्न बहादुर मगराती सहित ३ जना छन् । मृतक दुई जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर २२ जना घाइते भएका छन् ।
प्रकाशित मिति : १४ बैशाख २०८२, आईतवार १६:४८