शिक्षक आन्दोलनमा घाइते पत्रकारको आँखामा गम्भीर चोट, तिलगंगामा उपचार हुँदै
१४ वैशाख, काठमाडौं । शिक्षकको आन्दोलनको क्रममा पत्रकार सबिना कार्की घाइते हुनुभएकाे छ। प्राइम टेलिभिजनमा कार्यरत पत्रकार कार्की रिपोर्टिङका क्रममा बिजुलीबजार पुग्नुभएकाे थियाे ।
आन्दोलनको क्रममा घाइते हुनुभएकी पत्रकार कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । पत्रकार कार्कीलाई प्रहरी र शिक्षकबीचको झडपको क्रममा आँखामा चोट लागेको थियो ।
प्रकाशित मिति : १४ बैशाख २०८२, आईतवार १५:५४