शिक्षक र प्रहरीबीच झडप, घाइते शिक्षकहरुको सिभिलमा उपचार हुँदै
१४ वैशाख, काठमाडौं । नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप हुँदा केही शिक्षकहरु घाइते भएका छन् । शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग भएको झडपमा केही शिक्षकहरु घाइते भएका हुन्।
आन्दोलनको क्रममा घाइते भएका शिक्षकलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै गत २० चैतदेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन् ।
प्रकाशित मिति : १४ बैशाख २०८२, आईतवार १३:५९