१ जेष्ठ २०८२, बुधबार | Thu May 15 2025

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

१४ वैशाख, काठमाडौँ । सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार घरेलु बजारमा सुनको मूल्य १ सय रुपैयाँले बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार भने सुनको मूल्य १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कायम भएकाे थियाे । आज चाँदीको भाउ भने घटेको छ । चाँदीको मूल्य आज १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आईतवार १३:०९