१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

कञ्चनपुरका मदनबहादुर बुढा हराएकाे २२ दिनपछि मृत फेला


८ चैत, कञ्चनपुर । घरबाट हराएको २२ दिनपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८, पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा मृत अवस्थामा फेला परेका छन् ।

गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन । स्थानीय बासिन्दाले बुढा झुण्डिएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदले बुढाको शव झुण्डिएको अवस्थामा फेला परेको बताउनुभयो । शव नजिकै एउटा हँसियासमेत फेला परेको छ । शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार १२:१६