३० बैशाख २०८२, मंगलवार | Wed May 14 2025

सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प

१२ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५७ मिनेट जाँदा फुल्पिङकोट आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि हिजो साँझ ७ बजेर ३४ मिनेट जाँदा रुकुमको रन्मामैकोट केन्द्रबिन्दु भएर ४ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार १२:३३