२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

१२ वैशाख, काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार ११:२२