२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी

११ वैशाख, काठमाडौं । काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी भएको छ। बिहीबार दिउँसो चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको हो।

ढुंगेअड्डा पिपलबोटस्थित सडकमा बा। प्र।०३–०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको हो । बसको फाइबरमा तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताउनुभयो । बस जलेर पूर्ण रुपमा क्षति भए पनि मानवीय क्षति भने नभएको एसपी बोहराले बताउनुभयो ।

प्रकाशित मिति : 15:01